© 2026
काठमान्डौँ ।
रसुवामा आएको बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुधबार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका–मा ३ जना, सिद्धलेख गाउँपालिका–७ मा १ जना र बेनिघाट रोराङ गाउँपालिकामा २ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार गल्छी गाउँपालिकाको महेश दोभानमा एक महिलाको, कोल्फु खोला पुलनजिकै दुई पुरुषको, सिद्धलेख गाउँपालिका–७ स्थित त्रिशूली नदी किनारमा एक जनाको तथा बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट बजारनजिक त्रिशूली नदी किनारमा दुई महिलाको शव फेला परेको हो ।
धादिङ प्रहरीले बाढीमा परेका ७ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।