© 2026
काठमान्डौँ ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार मलेखुस्थित फुर्के जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतहले खतराको तह पार गरेको छ । नदीको जलसतह अझै तीव्र गतिमा बढिरहेको महाशाखाले जनाएको छ ।
नदीमा पानीको बहाव खतरनाक रूपमा बढेपछि महाशाखाले तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गरेको छ ।
महाशाखाले भदौ १० गते बिहान ११ः४३ बजे चेतावनी जारी गर्दै रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको फुर्के जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जनाएको हो ।