© 2026
काठमान्डौँ ।
अर्थ मन्त्रालयका अनुसार रसुवागढी भन्सार कार्यालयमा कार्यरत भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन् ।
रसुवागढी भन्सार कार्यालयमा कुल ३६ स्थायी कर्मचारीको दरबन्दी रहेको थियो । त्यस्तै, चार जना करार तथा ज्यालादारी कर्मचारी कार्यरत थिए । तीमध्ये एक जना करार तथा ज्यालादारी कर्मचारी पनि सम्पर्कमा आएका छन् ।
मन्त्रालयका अनुसार अझै ११ जना स्थायी कर्मचारी र तीन जना करार तथा ज्यालादारी कर्मचारी सम्पर्कविहीन छन् । उनीहरूको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।