Butwal Today

विनाशकारी बाढीमा १६ जनाको मृत्यु, ३६ घाइतेको उद्धार

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने ४ बजे दिएको जानकारीअनुसार रसुवामा एक, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये ७ महिला र ८ पुरुष रहेका छन् । एक जनाको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार रसुवाबाट १३, नुवाकोटबाट १९ र धादिङबाट ३ जना घाइतेको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?