Butwal Today

सर्वोच्चद्वारा देउवा र खड्काको पूरक निवेदन दर्ता , ११ गते पेसी

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् । देउवाका वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काका वारेस भएर अधिवक्ता श्रवणकुमारले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेस गरेका थिए ।

निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा अघि बढाएको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ ।

उक्त रिटमाथि सुनुवाइका लागि ११ गतेको पेसी तोकिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

कांग्रेसको आधिकारिकता तथा नेतृत्व अद्यावधिकसम्बन्धी विवादमा सर्वोच्च अदालतले सुरुदेखि नै सुनुवाइ गर्न अनुमति दिएको छ । सर्वोच्चले सुरुदेखि नै सुनुवाइ गर्ने अनुमति दिएपछि पनि एकलौटी रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाएको भन्दै इतर समूहले सोमबार सर्वोच्चमा रिट दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?