Butwal Today

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

३ भाद्र २०८३, बुधबार
अ+
अ-
काठमाडौँ ।  प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
संसद् नियमावलीमा कुनै पनि सभाको निर्धारित बैठक दुई घण्टाभन्दा ढिला भएमा नयाँ समय तालिका टाँस्नुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?