Butwal Today

विपद्का बेला सरकारी हेलिकोप्टर मन्त्रीको व्यक्तिगत प्रयोग भन्दै वर्षमान पुनको आक्रोश

२ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनले विपद्का बेला उद्धार तथा राहतका लागि प्रयोग हुनुपर्ने सरकारी हेलिकोप्टर मन्त्रीहरूको व्यक्तिगत काममा प्रयोग भइरहेको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पुनले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई आफ्ना मन्त्रीहरूलाई नियन्त्रणमा राख्न आग्रह गरे।

जाजरकोट, रोल्पा, बागलुङलगायत क्षेत्रमा बाढीपहिरोको जोखिम कायमै रहे पनि उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी हुन नसकेको उनको भनाइ छ। मन्त्रीलाई सामान्य रुघाखोकी लाग्दासमेत सेनाको हेलिकोप्टर प्रयोग गरी काठमाडौं ल्याउने प्रवृत्ति आपत्तिजनक भएको उनले बताए। आफ्ना मन्त्रीज्यूहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस्,’ पुनले प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि समेत प्रश्न उठाउँदै विपद्को समयमा आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेको र मतदातासँगको संवादमा ‘भोट फिर्ता लैजानुस्’ भनेको आरोप लगाए। पुनले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गरेका कामबारे गृहमन्त्रीले संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने माग गरे।

त्यस्तै, जोखिमयुक्त बस्ती पहिचान गरी भौगर्भिक अध्ययनका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण तथा दीर्घकालीन पुनर्स्थापनाको योजना बनाउन उनले सरकारको ध्यानाकर्षण गराए। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि सुर्खेतमा राखिएका हेलिकोप्टर तथा उद्धारका साधन प्रभावकारी रूपमा परिचालन हुन नसकेको भन्दै पुनले सरकारको विपद् व्यवस्थापन प्रणालीमै प्रश्न उठाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?