© 2026
काठमान्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक भदौ ५ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको छ ।
बैठकमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव पेस गरी पारित गराउने तयारी गरिएको छ ।
रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ । त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गरिने तयारी छ ।
केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ ।
यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो ।