Butwal Today

केन्द्रको निर्देशन अस्वीकार गर्दै जसपाले नेपालले आचार्यलाई विश्वासको मत दिने

१ भाद्र २०८३, सोमबार
अ+
अ-

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप जारी गरिसकेको अवस्थामा केन्द्रबाट मुख्यमन्त्री चेतनारायण आचार्यले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन आएको छ। तर, लुम्बिनी प्रदेशका एक जसपा सांसदले केन्द्रको निर्देशन अस्वीकार गर्दै सरकारको पक्षमा मतदान गर्ने बताएका छन्।

जसपा नेपालका महासचिव डा। सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसहित प्रदेशसभा सदस्यलाई परिपत्र गर्दै मुख्यमन्त्री आचार्यको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएका छन्। तर, प्रदेशका जसपा सांसदले भने केन्द्रबाट आएको पछिल्लो निर्देशन आफूहरूले स्वीकार नगर्ने बताएका छन्।

उनका अनुसार लुम्बिनीको राजनीतिक परिस्थिति र सरकारलाई दिँदै आएको समर्थनलाई निरन्तरता दिने गरी आफूहरूले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने निर्णय गरेका हुन्। हिजो साझँ एमाले र नेकपासहितको बैठकबाटै जसपाले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रदेशमा ह्विपसमेत जारी भइसकेको उनले बताए ।

यसअघि मुख्यमन्त्री आचार्यले संविधानको धारा १६८ को उपधारा (२ )बमोजिम बनेको सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार पुन विश्वासको मत लिन लागेको ए।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद गरी सत्तापक्षसँग ४२ सांसद छन्। जसपाका ५ सांसदले सरकारको पक्षमा मतदान गरे मुख्यमन्त्री आचार्यलाई बहुमत कायम राख्न सहज हुनेछ। मुख्यमन्त्री आचार्यले (आज ) अर्थात सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। केन्द्रको निर्देशन र प्रदेशमा जारी निर्णयबीच देखिएको मतभेदका कारण जसपाका सांसदको मतदानले मुख्यमन्त्री आचार्यको विश्वासको मतमा थप चासो बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?