© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय भेलामा प्रस्तुत पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् ।
गत शुक्रबारदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलामा शनिबार पाँचवटा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको साङ्गठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले प्रस्तुत गरेको कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन् ।
शनिबार प्रस्तुत गरिएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी प्रतिनिधिहरूलाई विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गराइएको थियो । छलफलका क्रममा समूहका टोली नेताहरूले प्रस्तावमा आवश्यक परिमार्जन तथा थप गर्नुपर्ने विषयबारे धारणा राखेका थिए ।
प्रतिनिधिहरूबाट आएका सुझाव तथा धारणामाथि सम्बन्धित प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो ।