Butwal Today

भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौँ आइपुगे

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । भारतीय प्रधान सेनापति जनरल धिरज सेठ काठमाडौँ आइपुगेका छन् । आइतबार अपराह्न ४ बजेर १५ मिनेटमा एयर इन्डियाको विमानमार्फत सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

नेपाल भ्रमणका क्रममा प्रधान सेनापति सेठले रक्षामन्त्रीसमेतको जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गर्नेछन् ।

सन् २०२६ जुन ३० मा भारतको प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । सोमबार शीतल निवासमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधान सेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । प्रधान सेनापति सेठले सोमबार जङ्गी अड्डामा आयोजित औपचारिक कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?