Butwal Today

जसपा नेपालद्वारा २७९ सदस्यीय केन्द्रीय समिति गठन (नामसहित)

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालसँग एकता भएपछि जसपा नेपालले एकीकृत पार्टीको केन्द्रीय समिति गठन गरेको हो ।

नयाँ केन्द्रीय समितिमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् । ३३ सदस्यीय पदाधिकारीमा शरत्सिंह भण्डारी सहअध्यक्ष तथा रकम चेम्जोङ वरिष्ठ नेता रहेका छन् ।

उपाध्यक्षमा उमाकान्त चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव रहेका छन् । तीन जना महासचिवमा प्रकाश अधिकारी, लालबाबु राउत र डा। सुरेन्द्र झा रहेका छन् ।

उपमहासचिवमा जयनुल राइन, दीपक कार्की, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लीलादेवी सिटौला रहेका छन् । त्यस्तै, ११ जना सचिव र सुरिताकुमारी साहलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

नयाँ कार्यकारिणी समिति २९ सदस्यीय रहेको छ । २७९ सदस्यीय केन्द्रीय समितिमा लोसपाबाट ११० जना सदस्य समेटिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?