मुस्ताङ । यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ ।
गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँच वटा बैङ्क खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ ।
समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैङ्कमा रु सात करोड १६ लाख ३२ हजार, साङ्ग्रिला बैङ्कमा रु तीन करोड ९२ लाख ९५ हजार, प्रभु बैङ्कमा रु ५५ लाख ६४ हजार, नेपाल बैङ्कमा रु ११ लाख २३ हजार र माछापुच्छ्रे« बैङ्कमा रु १७ हजार ५०० मौज्दात छ ।