Butwal Today

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ: ऊर्जा मन्त्री श्रेष्ठ

३० श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताएका छन् ।

महर्षि कलेज सामाखुशीले आज यहाँ आयोजना गरेको ‘स्वागत अभिमुखीकरण तथा सांस्कृतिक’ कार्यक्रममा उनले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सूचना प्रविधिमार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा योगदान गर्न युवालाई आग्रह गरे । उनले शिक्षा सँगसँगै मानसिक स्वास्थ्यलाई पनि विद्यार्थीले ख्याल दिनुपर्ने बताए ।

शिक्षा विकास तथा इकाई समन्वय काठमाडौँका प्रमुख सुरेश जोशीले छोटो समयमा महर्षि विद्यालयले नेपालको शिक्षा क्षेत्रमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे। शिक्षा भनेको व्यक्तिभित्र रहेको प्रतिभालाई उजागर गरेर देखाउने माध्यम भएको उनको भनाइ थियो ।

कलेज सञ्चालक समितिका अध्यक्ष एवं पूर्व सांसद प्रकाशचन्द्र दवाडीले २० वर्षको इतिहास बोकेको महर्षि कलेजले नेपालको शिक्षा क्षेत्रको विकासमा निरन्तर काम गर्दै आइरहेको बताए । कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियार, बेलिमाया पुलामीमगरलगायतले सांस्कृतिक प्रस्तुति गरेको थिए भने विद्यार्थीलाई अभिमुखीकरण प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?