© 2026
गतांकको बाँकी
४. एकदिन शुकदेवले आफ्ना बुबा वेदव्यासलाई बुबा, प्राणीलाई भ्रममा पारेर ठग्ने संसाररूपी आडम्बर कुन ठाउँ, कुन समयमा कसरी उत्पन्न भयो ? अब कसरी शान्ति हुन्छ ? भनी सोधे ।
व्यासले भने— बाबू आडम्बर विकल्पद्वारा उत्पत्ति भएको हो । विकल्पको अन्त्यपछि आडम्बरपनि नष्ट भएर जान्छ । जहाँ तुलना हुने वातावरण हुन्छ त्यहाँ सानो, ठूलो, अग्लो, होँचोको अवस्था आउँछ । यसले उच्चताभास र हीनताभास सृजनाको परिवेश बन्छ जहाँ आडम्बरका मुना मौलाउँछन् । यसकुराले शुकदेवलाई चित्त नबुझेको मुखाकृति व्यासले बुझे । अनि व्यासले थपे । यसमा अझ धेरै बुझ्नुछ भने राजर्षि जनकसँग गई सोध । उनी म भन्दा धेरै जान्ने छन् । उनले तिम्रो चित्त बुझाई दिनेछन्।
शुकदेव राजा जनकका दरबारमा गए । पालेले छोटो परिचयसित शुकदेव आएको कुरा राजासित भने । राजाले शुकदेवलाई प्रवेशद्वारमै बस्न लगाए । शुकदेव सातदिनसम्म त्यहीँ बसे । आठौँदिनमा शुकदेवलाई दरबारभित्रको पटाङ्गिनीमा ल्याइयो । अनि त्यहाँपनि उनले सात दिनसम्म कुर्नुप¥यो । पर्खाइको समय कति पट्याहटलाग्दो हुन्छ ।
यो कुरा बुझेका राजा जनकले गोप्यरूपमा शुकदेवमा परीक्षण गरिरहेका थिए । शुकदवको धैर्यक्षमताको परीक्षा लिइरहेका थिए । अनि पन्ध्रौँदिनमा राजा जनकले शुकदेवलाई भेट दिए । शुकदेवमा कुनै अधैर्यता, दीनता, खिन्नता थिएन ।
राजाले शुकदेवमा एक सर्वोत्कृष्ट शिष्यत्व अर्थात्सिका रूप न देखे । राजाले शुकदेवलाई आत्मैदेखि पूजागरी आउनका कारण सोधे । शुकदेवले बुबासँग सोधेको प्रश्न दोहो¥याए । सो प्रश्नको जवाफ राजा जनकले त्यही दिए जुन बुबा व्यासले दिएका थिए । शुकदेव उच्च खुशीका साथ घर फर्के । ९मुमुक्षु व्यवहार प्रकरण सर्ग – १०
माथिको प्रसङ्गबाट अभिभावक, शिक्षक, विद्यार्थीले सिक्नुपर्नेकुरा थुप्रैछन् । त्यसमा पनि गुरुमुखी विद्यालाई यहाँ केन्द्रीय रूपमा प्रकाश पारिएको छ । अभिभावक जति जान्ने भएपनि त्यही कुरा शिक्षकले भनिदिँदा बढ्ता भर पत्यारिलो लाग्ने गर्छ भन्ने कुरा यहाँ स्पष्ट पारिएको छ । सिक्ने सिकाउने कुरामा अति आवश्यक कुरा हो लगाव र धैर्यता ।
शुकदेव लगाव र धैर्यता परीक्षणमा जसरी खरोउत्रे त्यसैगरी सर्वोत्कृष्ट विद्या वानपनि भए । आज सिक्ने सिकाउने कुरामा लगाव र धैर्यताको अभाव छ । लगाव र धैर्यता शिक्षक विद्यार्थी दुवैलाई उत्तिकै चाहिने कुरा हो । यसको अभावले अहिले शिक्षक विद्यार्थीमा जोगीदेखि भैँसी डरा, भैँसीदेखि जोगी डराको स्थिति छ । शिक्षक विद्यार्थीबीच आदर र स्नेहको सम्बन्ध हुनुपर्नेमा डर र त्रासको सम्बन्ध विकसित हुँदो छ । यसलाई सुधार गर्नु जरुरी छ ।
५. पवित्रेमनुसंघानंचेतःस्मरतिसर्वदा । निष्फलास्तत्रशापाद्याः शिलायमिवसायकाः ।।१७।। ९सर्ग३२उत्पत्तिप्रकरण
यसको अर्थ हो, यदि मनरूपी देह सधै पवित्र नै स्मरण गर्छ भने त्यहाँ सराप, गालीगलौज त्यसरी नै निष्फल हुन्छन, जसरी ढुङ्गामा बाण निष्फल हुन्छ । माथिको कुरापनि शिक्षकका लागि निकै आदर्शमन्त्र छ ।
किनकी शिक्षक अशिक्षाको अन्धकारमा प्रकाश छर्ने ज्योति हो । अन्धकारमा प्रकाश छर्दा कतिपय ठाउँमा अज्ञानीद्वारा प्रताडित हुनुपर्छ । गाली खानुपर्ने पनि हुन सक्छ । यो माथिको आदर्श शिक्षकसँग छ भने अज्ञानीको अज्ञानतालाई बुझेर त्यहाँ कुनै रिस राग हुँदैन, मेल हुन्छ । सबैका लागि शिक्षा, अनिवार्य शिक्षाजस्ता कार्यक्रम सफल पार्नकालागि शिक्षकले यो आदर्श पछ्याउनु आवश्यक छ । यो कुरा विद्यार्थीलाई पनि त्यत्तिकै मननयोग्य छ । अभिभावक, शिक्षक वा अन्य कसैले बेकसुरमा गाली गर्दा मन नदुखाई सहन गर्न सकियो भने राम्रो व्यक्तित्व विकासमा सन्देह रहन्न ।
६.उत्पत्ति प्रकरणको सर्ग १०१ मा धाई आमाले बालकलाई कथा अथवा लोककथा सुनाएको एक निकै राम्रो प्रसङ्ग छ । भरखर भाषा सिक्दै, भाव बुझ्ने सीपको विकास हुँदै गरेको अवस्थामा रमाइलाका लागि गरिएका विभिन्न असङ्गतिपूर्ण कुराले बालकको मानसिक स्थिति तोडमरोड हुन्छ भन्ने कुरा निकै घतलाग्दो किसिमले प्रस्तुत गरिएको छ ।
विभिन्न अन्धविश्वासले बालबालिकाको मनमष्तिकमा जरा गाड्ने समयपनि यही हो । लोककथामा वृक्षहरू, पशु, कीराफट्याङ्ग्राहरू बोल्छन कुरा गर्छन् । यस्ता असंभव कुरा भएपनि तिनको प्रसङ्गले सहअस्तित्व, सदाचार, मेलमिलापको सन्देश दिनुपर्छ । भैँसीका दाह्र ाहुन्छन्, बाघका सिङ हुन्छन जस्ता उल्फा कुरा गर्ने, आपसी बेमेलको वातावरणको सृजना गर्ने जस्ता परिकल्पित कथा हालेर बाल मानसिकतालाई दिग्भ्रमित पार्नु हुँदैन भन्ने सन्देश यसबाट लिन सकिन्छ ।
७. जानश्चपिहिसर्वज्ञ ब्रहन्जिज्ञा सयेवमाम् । पृच्छसि प्रभवोनित्यं भृत्यं वाचालयंंतिहि ।। ३।। सर्ग २३, पूर्वाद्र्ध निर्वाण प्रकरण
दीर्घजीवीका गभुशुंडिले वशिष्ठले गरेको एक प्रश्नको जवाफ दिने पृष्ठभूमिमा यो कुरा भनेका छन् । जानीकनपनि केवल जिज्ञासाका लागि तपाईँ गुरुवसिष्ठले यो कुरा मलाई सोध्नुभएको हो । किनकी गुरुले आफ्ना शिष्यलाई बोल्ने सीप सिकाउन प्रश्न सोध्ने गर्छन्नि। यस प्रसङ्गले प्रश्नोत्तर विधि शिक्षण सिकाइको राम्रो विधि हो भन्ने सङ्केत दिन्छ ।
सोध्नेले पनि जानेको र भन्नेले पनि जानेको भैकनपनि व्यवस्थित अभिव्यक्ति अभ्यासका लागि गुरुशिष्यमा यस्तो प्रश्नोत्तर छलफल हुन आवश्यक हुन्छ । यो त जानेकै छन भनी गुरुले नसोध्ने र यो त जानेकै कुरा हो भनी शिष्यले जवाफ दिन आनाकानी गर्ने संस्कारले अति सरल ज्ञानपनि खारिन, खिपिन नसकेका थुप्रै अवस्था भेटिन्छन् ।
यस्ता कुरालाई शिक्षकले गम्भीरता साथ लिनुपर्छ । हाम्रो सांस्कृतिक आधारशीलाको रूपमा रहेको बृहत्कायाग्रन्थ सिक्ने मनन गर्नुपर्ने कुरा लाखौँछन् । योगवासिष्ठलाई मेरो प्रथम सतही हेराइले झट्ट भेटेका दुईचार कुरा यहाँ उल्लेख गरेँ ।
यो ग्रन्थ सकेसम्म सबैले पढ्न लायक छ तर शिक्षकले पढ्नैपर्ने भनी किन भन्न खोजेको छु भने यसमा रहेका जीवन र जगतलाई हेर्ने थुप्रै दृष्टिकोणहरू छिट्टै समाजमा सञ्चारित हुनु आवश्यक छ । त्यसको सरल बाटो भनेको शिक्षकको शिक्षण नै हो । शिक्षकले पढेदेखि छिट्टै नै हामी सबैले पढिने छ । हामी सबैले पढ्ने छौँ । मूलमा पानी हालेपछि शाखामा पानी छ्यापिरहनु पर्दैन । शाखा स्वभावैले ज्याला, उज्याला भैरहन्छन् ।
समाप्त ।