Butwal Today

शेरबहादुरजी नै हाम्रो नेता हुनुहुन्छ : शशांक कोइराला

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेस इतर पक्षका नेता शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे ।

‘यो भेलाको आयोजना गर्नुपर्‍यो, किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ उनले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजित गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो ।’

कोइरालाले आफ्ना बुवा बीपी कोइरालाले शेरबहादुर देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको स्मरणसमेत गरे ।

‘शेरबहादुरजीलाई पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो । उहाँ पहिलोपटक बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे, शशांक भन्नुभयो,’ उनले भने, ‘त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो । त्यो दिन हामीले तीन वटा सिनेमा हेर्‍यौं ।’

उनले आफूहरूको नेता पनि शेरबहादुर देउवा नै भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?