© 2026
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार साँझ आह्वान गरेका थिए ।
भट्टले एमालेको समर्थनमा बहुमत जुटाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् । शपथ ग्रहणसँगै उनले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका छन् ।