© 2026
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) का नेपाल प्रतिनिधि श्रीराम हरिदासले शिष्टाचार भेट गरेका छन् ।
मन्त्री मेहताको कार्यकक्षमा आज अपराह्न भएको भेटमा महिला तथा बालबालिकाको स्वास्थ्य, मातृ स्वास्थ्य तथा जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
मन्त्री मेहताको सचिवालयका अनुसार भेटमा महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र सेवाको गुणस्तर सुधार, परिवार नियोजन, लैङ्गिक समानता सुनिश्चितता तथा मानसिक स्वास्थ्य सेवाका विषयमा समेत छलफल भएको थियो ।