Butwal Today

इतर पक्षको राष्ट्रिय भेलामा देउवा सहभागी

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवा पुगेका छन् । उनी हिजो मात्रै नेपाल फर्किएका थिए ।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए । त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि हङकङ पुगेका उनी हिजो काठमाडौं फर्किएका हुन् ।

काठमाडौं फर्किएको भोलिपल्टै देउवा कांग्रेस इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका हुन् ।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो । भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा. शशांक कोइराला समूहका नेता–कार्यकर्ताको सहभागिता रहेको छ ।

भेला काठमाडौंस्थित मिराकल पार्टी प्यालेसमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?