Butwal Today

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । सरकारले दुर्गम जिल्लाका विभिन्न क्षेत्रमा नियमित रूपमा खाद्यान्न आपूर्ति गर्दै आएको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव उद्घाटन समारोहमा दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति भइरहेको बताइन् ।

उनले नागरिकको खाद्य अधिकार र खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न दुर्गम क्षेत्रमा खाद्यान्न उपलब्ध गराउँदै आएको स्पष्ट पारिन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले कम्पनीको व्यवस्थापन क्षेत्रमा रहेका कमीकमजोरी सुधार गर्दै छिटो र छरितो ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिए ।

विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टर रियाज लोदीले विश्व खाद्य कार्यक्रमले नेपालमा सरकारसँग साझेदारी गरी पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त कार्यकारी निर्देशक डिल्लीराज लम्सालले कम्पनीले पछिल्लो समय बहु आयामिक ढङ्गले सुधारका काम गर्दै आएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?