Butwal Today

राष्ट्रियसभाः ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बैठकमा पेस गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रस्ताव पेस गर्दै मन्त्री पौडेलले प्राकृतिक वा अन्य प्राविधिक कारणले उडान ढिलाइ भएमा दायित्व सिर्जना नहुने व्यवस्था विधेयकमा रहेको बताए । उनले युरोपको आकाशमा नेपाली विमानलाई उडान सुरक्षाको सूचीमा राखिएको विषयमा फुकुवाका लागि काम भइरहेको जानकारी दिँदै अबको छ महिनाभित्र त्यसको नतिजा देखिने बताए ।

यसअघि प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसदहरू सोनाम गेल्जेन शेर्पा, गीता देवकोटा, प्रेमप्रसाद दङ्गाल, पदमबहादुर परियार, सम्झना देवकोटा, भुवनबहादुर सुनार, युवराज शर्मा, रुक्मिणी कोइराला र नारायणदत्त मिश्रले आ–आफ्ना धारणा राखेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ १ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?