© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ । राष्ट्रिय भेला आयोजक समितिको प्रचार–प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार साउन २९ देखि ३१ गतेसम्म तय गरिएको भेला मिराकल पार्टी प्यालेसमै गर्ने निश्चित भएको हो ।
‘भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने निश्चित भएको छ । भेलाको प्रमुख अतिथि शेरबहादुर देउवा हुनुहुन्छ,’ नेता विश्वकर्माले बताए ।
राष्ट्रिय भेलाको उद्घाटन समारोह साउन २९ गते दिउँसो १ बजे सुरु हुनेछ । पहिलो दिन उद्घाटन सत्र र त्यसपछिका दुई दिन बन्द सत्र सञ्चालन हुने विश्वकर्माले जानकारी दिए ।
साउन ३० गते बिहान ८ बजेदेखि ९ बजेसम्म खाजाका लागि समय छुट्याइएको छ । त्यसपछि दिउँसो १२ बजेसम्म बन्द सत्र सञ्चालन हुनेछ भने १२ बजेदेखि १ बजेसम्म खानाका लागि समय छुट्याइएको छ ।
भेलामा करिब पाँच हजार नेता–कार्यकर्ताको सहभागिता हुने अनुमान गरिएको विश्वकर्माले बताए ।