Butwal Today

भन्सार छलीका सामानसहित २ सिटी सफारी नियन्त्रणमा

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

भद्रपुर (झापा) । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले रु पाँच लाख ४५ हजार ६५० बराबरका भन्सार छलीका लत्ताकपडा तथा इलेकट्रोनिक्स सामानसहित दुई वटा सिटी सफारी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण, झापाबाट खटिएको मोबाइल टोलीले मेचीनगर नगरपालिका–१५ स्थित बङ्गसल सीमा क्षेत्रमा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका सामानसहित ती सवारीसाधन बिहीबार साँझ जाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सामान तथा सिटी सफारीलाई आवश्यक कानुनी कारबाहीका लागि आज भद्रपुर भन्सार कार्यालयमा बुझाइएको उक्त गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?