© 2026
काठमान्डौँ ।
कुवेतको उत्तरी क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका ४४ वर्षीय सोम कुमार तामाङको मृत्यु भएको छ। उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत थिए ।
कुवेतस्थित नेपाली राजदूतावासका अनुसार कुवेतको परराष्ट्र मन्त्रालयले घटनाबारे आधिकारिक जानकारी गराएको छ । राजदूतावासले कानुनी प्रक्रिया पूरा गरी शव यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय भइरहेको जनाएको छ ।
यसैबीच, पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राजदूतावासले कुवेतमा रहेका सबै नेपालीलाई उच्च सतर्कता अपनाउन, कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशनहरूको पालना गर्न तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
