Butwal Today

देवानगञ्ज गोलीकाण्ड मृतकका परिवारलाई १० लाख राहत, सहिद घोषणा गर्न सिफारिस

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिकाले देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई जनाका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले राहत उपलब्ध गराउने तथा मृतकलाई सहिद घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले जानकारी दिए।

गत साउन १० गते राति देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा स्थानीयहरू घाइते भएका थिए। गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।

यसअघि घटनामा अर्का एक स्थानीयको पनि मृत्यु भइसकेको थियो। जयप्रकाशको पेटमा गोली लागेर आन्द्रा बाहिर निस्किएको थियो। सोमबार उनको शल्यक्रिया गरिएको भए पनि भेन्टिलेटरमा उपचाररत अवस्थामै निधन भएको प्रहरीले जनाएको छ। जयप्रकाशको मृत्युसँगै देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?