Butwal Today

गोलबजार झडपमा गोली लागेर एक युवकको मृत्यु

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-

सिरहा । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको प्रदर्शनमा गोली लागेर युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाका अनुसार मृतक गणेश यादव हुन् । घटनामा अर्का एक जना घाइते भएका छन् । घाइतेको गोलबजारस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको लामाले जानकारी दिए ।

यसअघि गोलबजारमा दुई समूहबीच झडप भएको थियो । झडपपछि प्रदर्शनकारीले मृतकको शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । ‘प्रदर्शनकारीले शव उठाउन दिएका छैनन् । उनीहरूले मृतकको शव सडकमै राखेका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने ।

प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ । प्रहरीले हवाई फायर र अश्रुग्यास मात्रै प्रयोग गरेको बरालले बताए । घटनापछि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू गोलबजारतर्फ गएका छन् । स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?