© 2026
बुटवल ।
नागरिक समाजको आयोजनामा बिहीबार बिहान बुटवलमा सद्भाव र्याली निकालिएको छ ।
बुटवलको अस्पताल लाइनबाट सुरु भएको र्याली ट्राफिक चोक पुगेर समापन गरिएको थियो । सामाजिक सद्भाव, आपसी एकता तथा सहिष्णुताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित र्यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि तथा हिन्दु र मुस्लिम समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
र्यालीमा सहभागीहरूले समाजमा आपसी सद्भाव, सहकार्य र सामाजिक एकतालाई थप मजबुत बनाउन सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
तस्बिर : बिश्वास ढकाल

