© 2026
बुटवल । राष्ट्रिय एकता, सद्भाव र सामाजिक सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले बुटवलमा नेपाली राष्ट्रिय झण्डा बोकेर सद्भाव र्याली निकालिएको छ।
‘हामी नेपाली एक हौँ’ भन्ने नारासहित आयोजित र्याली बुटवलको राजमार्ग चौराहाबाट सुरु भई ट्राफिक चोक पुगेर समापन भएको थियो। र्यालीमा विभिन्न क्षेत्रका नागरिकको सहभागिता रहेको थियो। राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको र्यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर ऐक्यबद्धताको सन्देश दिएका थिए।
तस्बिर : विश्वास ढकाल / बुटवल टुडे