Butwal Today

सुनसरीमा जारी कर्फ्यु हटाइयो

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

विराटनगर । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले सूचना जारी गर्दै साउन ११ गते राति ९स्०० बजेदेखि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश आज बिहान १२स्१५ बजेदेखि हटाइएको जनाएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा  ६ (क)  बमोजिम तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाउँदै कर्फ्यु आदेश जारी गरिएको थियो । उक्त आदेश हटाइएको जानकारी प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा ९महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोल० देखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिणतर्फ राजमार्गबाट २०० मिटरको दूरीभित्र पर्ने क्षेत्रमा कर्फ्यु आदेश लागू गरेको थियो ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्ने क्रममा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?