Butwal Today

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

चितवन ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजार नजिक पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।

मंगलबार बिहान करिब ८:३० बजे सडकमाथिबाट अचानक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिँदा यात्रुहरू केही समय बाटोमै अलपत्र परेका थिए भने सडकको दुवैतर्फ लामो सवारी जाम लागेको थियो ।

पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो । करिब चार घण्टाको प्रयासपछि सडकमा थुप्रिएको ढुंगा र माटो हटाइएपछि सडक पुनः दुवैतर्फबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रहरीका अनुसार हाल उक्त सडकखण्डमा सवारीसाधनको आवागमन सामान्य बन्दै गएको छ । तर वर्षायामका कारण यस क्षेत्रमा पुनः पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक सतर्कता अपनाएर यात्रा गर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न चालक तथा यात्रुलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?