Butwal Today

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथि भएको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका छन् ।

नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये हालसम्म करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । बाँकी चिकित्सकहरूको हस्ताक्षर संकलन भइरहेको र सबै चिकित्सकले सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले जानकारी दिए ।

घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा समेत ठप्प भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?