Butwal Today

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ ।

संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उक्त घटनाका क्रममा अस्पतालमा तोडफोडसमेत गरिएको थियो ।

घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै चिकित्सक संघले आज आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?