Butwal Today

नवलपुरमा अचेत भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु

११ श्रावण २०८३, सोमबार
अ+
अ-

नवलपुर ।

नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिकको चौरमा उनीहरू अचेत अवस्थामा फेला परेका थिए ।

पूर्व–पश्चिम राजमार्गको बायाँतर्फ अचेत अवस्थामा भेटिएका दुवै महिलाको उद्धार गरी उपचारका लागि नगर अस्पताल, भेडाबारी लगिएको प्रहरीले जनाएको छ । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिए ।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैँडाकोट–१२ हर्कपुरमा डेरा गरी बस्ने ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैँडाकोट–१० पितौजी बस्दै आएकी अन्दाजी ४५ वर्षीया कान्छी राई रहेका छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान टोली खटिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?