© 2026
काठमान्डौँ ।
सरकारले सुनसरीको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिइएको छ ।
घटनाबारे समीक्षा गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले उक्त क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
घटनापछि गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रालयमा सुरक्षा प्रमुखहरूसँग छलफल गरेका थिए । सोही छलफलपछि छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो ।
छलफलमा गृहमन्त्री गुरुङसँगै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल लगायत सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए ।