Butwal Today

लुम्बिनी सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

१० श्रावण २०८३, आइतबार
अ+
अ-

बुटवल ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । नेकपा (एमाले) र नेकपाबीच भएको सहमतिपछि कांग्रेसले आजै सरकारमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने तयारी गरेको हो ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार सहभागी छन् ।

सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले आजै राजीनामा दिँदै सरकारमाथिको समर्थन पनि फिर्ता लिने तयारी भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?