© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ । उनी शनिबार भारत जाने तयारीमा रहे पनि भ्रमण आइतबारका लागि सारिएको थियो । तर आइतबार पनि उनी भारत नजाने भएका छन् ।
भारतको नयाँदिल्लीमा कांग्रेसको जनसम्पर्क समितिको अधिवेशन आयोजना गरिएको छ । उक्त कार्यक्रममा थापालाई प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको थियो । कार्यक्रममा सहभागी हुन उनी तयार भए पनि अन्तिम समयमा भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन् ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमण स्थगित भएको पुष्टि गरेका छन् । यद्यपि, भ्रमण स्थगित हुनुको कारणबारे उनले स्पष्ट जानकारी दिएका छैनन् ।
कांग्रेसले भ्रमण स्थगित हुनुको कारण औपचारिक रूपमा सार्वजनिक गरेको छैन । तर पार्टीभित्रको आन्तरिक विवाद नै यसको मुख्य कारण रहेको स्रोतको दाबी छ । विदेशस्थित जनसम्पर्क समितिहरूको महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि संस्थापन र इतर पक्षबीचको विवाद तीव्र बन्दै गएको छ । यही विवादका बीच थापा र इतर पक्षका नेता पूर्णबहादुर खड्का पक्षले देशव्यापी अभियान सञ्चालन गर्दै आएका छन् ।