Butwal Today

अनशनरत डा.केसीको स्वास्थ्यमा समस्या, आईसीयूमा राखेर उपचार सुरु

९ श्रावण २०८३, शनिबार
अ+
अ-

धनगढी ।

धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । अस्पतालले उनलाई आईसीयूमा राखेर उपचार सुरु गरेको जनाएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले आफ्नो २४औँ अनशन धनगढीको कृष्ण मन्दिरमा सुरु गरेका थिए । अनशनकै क्रममा स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई अस्पताल सारिएको हो ।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको शरीरमा सुगरको मात्रा घटेर ५० पुगेको थियो । स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएपछि उनलाई तत्काल धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको हो ।

डा। केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न तथा आफ्ना विभिन्न माग सम्बोधन गर्नुपर्ने मागसहित अनशन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?