Butwal Today

रोल्पामा पहिरोमा पुरिँदा दुई महिलाको मृत्यु, एक जना घाइते

९ श्रावण २०८३, शनिबार
अ+
अ-

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शनिबार दिउँसो गएको पहिरोमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ भने एक जना पुरुष घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गाईबाख्रा चराउँदै रहेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर अचानक खसेको पहिरोमा पुरिएका थिए। स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा साँझ दुवै जनाको शव पहिरोबाट निकालिएको हो।

घटनामा ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० पंचकुमार बाखु ले जानकारी दिए। पहिरोमा चारवटा बाख्रा र दुईवटा गाईसमेत पुरिएका थिए। ती चौपायालाई पनि बाहिर निकालिएको प्रहरीले जनाएको छ। केही अन्य चौपायाको खोजी तथा उद्धार कार्य भने जारी रहेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय सुनछहरीको केन्द्र पोवाङबाट करिब २५ किलोमिटर पूर्वमा पर्ने दुर्गम क्षेत्रमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?