© 2026
काठमान्डौँ ।
सरकारका प्रवक्ता सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबारको बिदा लामो समयसम्म जाने बताएका छन् ।
शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरूसँग भने- ‘दुई दिन बिदा कायम हुन्छ । सरकारले तत्काल बिदा हटाउने सोचेको छैन । अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन नै बिदा भइरहेको छ ।’
सरकारले गत चैत २२ गते सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको थियो । यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू भइरहेको छ ।