© 2026
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्वव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले शुक्रबार भट्टराईलाई वडा कार्यालयबाटै २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा उनीमाथि निगरानी गरिएको थियो ।
घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।