Butwal Today

प्रधानमन्त्रीको नैतिकतामा प्रश्न सरकारी सूचनाबाट व्यक्तिगत आम्दानी गर्नु उपयुक्त होइन

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर फिर्ता लिने घोषणा आफ्नो व्यक्तिगत फेसबुक पेजमार्फत सार्वजनिक गरेपछि त्यसको उपयुक्ततामाथि बहस सुरु भएको छ। प्रधानमन्त्री कार्यालयको आधिकारिक माध्यम प्रयोग नगरी आम्दानी हुने व्यक्तिगत फेसबुक पेजबाट सरकारी सूचना सार्वजनिक गरिएको भन्दै सामाजिक सञ्जाल, सञ्चारकर्मी र डिजिटल क्षेत्रका विज्ञहरूले प्रश्न उठाएका छन्।

जेन जी अभियानकर्मी मोनिका निरौलाले सार्वजनिक पदमा रहेका व्यक्तिले सरकारी सूचनाबाट व्यक्तिगत आम्दानी गर्नु नैतिक रूपमा उचित नहुने टिप्पणी गरेकी छन्। देश सञ्चार डटकमका सम्पादक युवराज घिमिरे र डिजिटल मिडिया फाउन्डेशनका प्रमुख प्रवेश सुवेदीले पनि सरकारी निर्णय सार्वजनिक गर्ने पहिलो माध्यम सरकारी आधिकारिक प्लेटफर्म नै हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

यता प्रधानमन्त्रीको सचिवालयले भने मन्त्रिपरिषद्बाट निर्णय औपचारिक रूपमा स्वीकृत भइनसकेको अवस्थामा धेरै नागरिकसम्म छिटो सूचना पुर्‍याउने उद्देश्यले व्यक्तिगत फेसबुक पेज प्रयोग गरिएको स्पष्ट पारेको छ। सचिवालयले उक्त पोस्ट पैसा कमाउने उद्देश्यले नगरिएको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?