Butwal Today

गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् ।

पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै उनले प्रतिक्रान्तिविरुद्ध नयाँ अभियान सञ्चालन गर्ने संकल्प गर्नुपर्ने बताएका हुन् ।

‘देशमा प्रतिक्रान्तिको हावा चलिरहेको छ । यसले गणतन्त्रका उपलब्धि र कमरेड पुष्पलालको शिक्षाअनुसार भएका परिवर्तनमाथि हमला गरेको छ । त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने संकल्प गर्ने दिनका रूपमा यस अवसरलाई लिनुपर्छ,’ प्रचण्डले भने ।

उनले वैचारिक तथा राजनीतिक रूपमा पुष्पलाल श्रेष्ठले विचार निर्माणमा ठूलो योगदान पुर्‍याएको उल्लेख गर्दै सामन्तवाद र साम्राज्यवादविरुद्ध वैचारिक हतियार निर्माणमा उनको महत्वपूर्ण भूमिका रहेको बता ए।

प्रचण्डले नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गराई त्यसको वैचारिक तथा राजनीतिक आधार निर्माण गर्ने कठिन जिम्मेवारी पुष्पलाल श्रेष्ठले पूरा गरेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?