Butwal Today

तीन जिल्लामा आगलागी, ७ लाख ४० हजार बराबरको क्षति

६ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।

महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

काभ्रेको बनेपा नगरपालिका–१ दुलाल गाउँस्थित लक्ष्मण दुलालको गोठमा विद्युत् सर्ट भई मङ्गलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जल्दा करिब रु दुई लाख ४० हजार बराबरको नोक्सान भएको छ ।

प्रहरी प्रधानकार्यालयका अनुसार सप्तरीको कञ्चनरूप नगरपालिका–६ क्वाटर मलेठस्थित नवराज बस्नेतको गोठमा मङ्गलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु दुई लाख बराबरको धनमाल नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?