Butwal Today

फरार रहेका व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

६ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । बैङ्किङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो । सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार उनी बैङ्किङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए ।

अग्रवाल शङ्कर ग्रुपका अध्यक्ष हुन् । सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोगसम्बन्धी मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन रहेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत पाटनमा उपस्थित गराइनेछ ।

यसअघि अग्रवाल २०८२ साल चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए । पछि उनी कानुनी प्रक्रियाअनुसार रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?