Butwal Today

ट्याङ्कीभित्र २ पुरुषको शव फेला

६ श्रावण २०८३, बुधबार
अ+
अ-

लमही ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र  पुरुषको शव फेला परेको छ । ​रजौरास्थित निर्माणाधीन भवनको पानी ट्याङ्कीमा दुई पुरुष मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरिसकेको छ । ​प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै हुन सकेको छैन । शवलाई ट्याङ्कीबाट निकालेर परीक्षण तथा पहिचानका लागि पठाउने तयारी भइरहेको छ ।

​घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?