Butwal Today

बुटवलमा ४४औँ बीपी स्मृति दिवस मनाइयो (फोटो फिचर)

६ श्रावण २०८३, बुधबार
अ+
अ-

बुटवल ।

४४ औँ बीपी स्मृति दिवसको अवसरमा बुटवलस्थित बीपी चोकमा रहेको नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको सालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले आधुनिक नेपालको परिकल्पना गर्ने नेता बीपी कोइरालाले नेपालमा राष्ट्रिय मेलमिलापको नीतिलाई स्थापित गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले बीपीको विचार, आदर्श र राजनीतिक दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँड, म्बिनी प्रदेश साम्सद जमुना ढकाल, बुटवल नगर सभापती खेलराज पाण्डेय, सचिव छाया पोखरेललगायतका वक्ताहरूले बीपी कोइरालाको विचार, लोकतन्त्रप्रतिको प्रतिबद्धता र राष्ट्र निर्माणमा उनले पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

तस्बिरहरु : विश्वास ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?