Butwal Today

साउन २९ मा कांग्रेस संस्थापन इतरपक्षको राष्ट्रिय भेला

६ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले भेलाको मिति र स्थान सार्वजनिक गरेका हुन्।

कार्यक्रममा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला र डा. शेखर कोइराला लगायतका नेताहरूले वर्तमान राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पार्टीभित्र मतभेदभन्दा एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?