Butwal Today

विश्व क्रिकेट लिग २ : नामिवियासँग नेपाल पराजित

५ श्रावण २०८३, मंगलवार
अ+
अ-

बर्दघाट । नेदरल्याण्डस्मा जारी विश्व क्रिकेट लिग २ प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । नेदरल्याण्डस्, नामिविया र नेपाल सम्मिलित प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । पराजयसँगै नेपाल र नामिविया समान अँक २४ जोडेका छन, तथापि नेट रनरेटको आधारमा नेपाल एक स्थान माथी रहेको छ ।

टस हारि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निकै कमजोर प्रदर्शन ग¥यो । निर्धारित ५० ओभरको खेलमा नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५७ रनको स्कोर खडा गर्न सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन जोडे, यस्तै उप कप्तान दिपेन्द्र सिँह ऐरीले ३० र गुलशन झा ले २० रन बाहेक अन्यले २० रनको आँकडा समेत पार गर्न सकेनन् ।

सुरुवाटै निकै दवावमा परेको नेपालले पहिलो ओभरको दोश्रो बलमै कुशल भुर्तेललाई २ रनमा गुमाएको थियो । दोश्रो विकेटको रुपमा इशान पाण्डे ८ रनमै पवेलियन फर्केपछि नेपाल दवावमा परको थियो । नेपाललाई सस्तैमा धराशायी बनाउने क्रममा नामिवियाका जे जे स्मिथले ६ विकेट लिए यस्तै ज्याक ब्रसेल र बर्नाट स्कोल्ट्जले समान २—२ विकेट लिएका थिए ।

१ सय ५८ रनको लक्ष्य पच्छाएको नामिवियाले मात्र २ विकेट गुमाएर ३७ दशमलव ४ ओभरमा उक्त लक्ष्य भेटायो । जोन फ्राइलिँकले अविजित ७८ रनको अर्धसतकिय पारी खेले यस्तै ओपनर ब्याटर माइकल भानले ५१ रनको अर्धसतकिय पारी खेलेका थिए ।

नेपालको लागि रोहित पौडेल र नन्दन यादवले समान १—१ विकेट लिएका थिए । लिग अन्तर्गत नेपालले दोश्रो खेल नेदरल्याण्डस् सँग विहिबार खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?