© 2026
काठमान्डौँ ।
राजधानीको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।
मंगलबार ट्याङ्लाफाँटको चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार आगो लागेपछि चालक गाडीबाट बाहिर निस्कन नसक्दा घटनास्थलमै जलेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार चालक सिट बेल्ट बाँधेकै अवस्थामा जलेको र मृत फेला परेका छन् । मृतकको सनाखत भने हालसम्म हुन सकेको छैन ।
घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा र प्रहरी टोलीले फायर एक्स्टिङ्गुइसर ९आगो निभाउने उपकरण० प्रयोग गरी आगो नियन्त्रणमा लिन प्रयास गरेका थिए । त्यसपछि दमकलसमेत घटनास्थलमा पुगेर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो ।
कारमा आगलागी हुनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।