Butwal Today

कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

५ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ। काठमाडौँको कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार मृतक कीर्तिपुर–ट्याङ्लाफाँट बस्दै आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन् । उनको स्थायी घर नरदेवी रहेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत परिवारका सदस्यले गरेका छन् । उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा श्रेष्ठले चलाउँदै आएको बा.५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको थियो । प्रत्यक्षदर्शीका अनुसार कार चाँदनी चोकमा आएर रोकिएपछि सुरुमा गाडीभित्रबाट सामान्य धुवाँ र सानो आगो देखिएको थियो । केहीबेरमै आगो एक्कासि फैलिएको थियो ।

आगलागीपछि प्रहरी र स्थानीयले अग्नि नियन्त्रण यन्त्रको प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार उक्त कार २०६२ साल कार्तिक २७ गते नबिल बैङ्कबाट ऋण लिएर किस्ताबन्दीमा खरिद गरिएको खुलेको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण र घटनाको अन्य पक्षबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?